१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने

तस्बिर : सभामुख देवराज घिमिरे

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले 'सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

प्रकाशित: २८ श्रावण २०८२ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App