२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री र कानुनमन्त्रीले विधेयक पेश गर्ने

फाइल तस्बिर

संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ।

अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यस्तै आज विभिन्न छ वटा समितिको बैठक पनि बस्दैछ।

प्रकाशित: २६ भाद्र २०८३ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App