३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ।

सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन्। यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो।

चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।

प्रकाशित: १२ असार २०८३ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App