१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक : बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे जानकारी गराइयो

संघीय संसद्को प्रतिनिधिसभा बैठकमा वालेन शाह (बालेन्द्र) प्रधानमन्त्रीमा नियुक्त भएकोबारे जानकारी गराइएको छ।

ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन्। उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन्।

संसद् बैठकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बोलिरहेका छन्। 

प्रकाशित: १९ चैत्र २०८२ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App