२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन: असोज ३० गतेबाट दलसँग छलफल सुरु गर्दै आयोग

निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई छलफलमा बोलाएको छ। आयोगले असोज ३० गते दलहरूसँग छलफलको मिति तय गर्दै छलफलका लागि बोलाएको हो। 

निर्वाचन गर्ने म्यान्डेट प्राप्त सरकार दलहरूसँग संवादविहीनताका अवस्थामा रहेका बेला आयोगले भने छलफलको मिति तय गरेको छ। 

आयोग स्रोतका अनुसार बिहीबार २९ वटा दललाई पत्र काटेर पठाइएको छ। आयोगमा कुल १२२ दल दर्ता छन्। यस्तै १२ वटा नयाँ दल दर्ताको प्रक्रियामा छन्। 

जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते अर्को निर्वाचनको मिति तय गरेकी थिइन्। यस्तै निर्वाचन आयोगले पनि यसै साता निर्वाचन कार्य तालिका ल्याइसकेको छ। 

यस्तोमा सरकार र आयोग दुवैले निर्वाचनको प्रमुख सरोकारवाला मानिने दलसँग संवाद नगर्दा निर्वाचन हुने÷नहुने अनेक किसिमका आशंका भइरहेका छन्। 

यस्तोमा पहिला आयोगले नै दलहरूसँग छलफलको अग्रसरता लिएको छ। सबै दललाई एकै पटक बोलाएर छलफल गर्न असुविधा हुनसक्ने भन्दै आयोगले पहिलो चरणमा विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई बोलाएको हो। 

प्रकाशित: २२ आश्विन २०८२ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App