२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा अनिश्चितकाललाई स्थगित

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  

जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन जलेर ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

बुधबार एक बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।    

महासचिव पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १।०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

 

प्रकाशित: २५ भाद्र २०८२ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App