२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

अस्पताल भर्ना गरिएका उपराष्ट्रपति यादवको अवस्था सामान्य

अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपचार भइरहेको छ। 

उनको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको भीआईपी क्याबिन नम्बर ७०१ मा उपचार भइरहेको अस्पतालले जनाएको छ।  

सोमबार राति स्वास्थ्यमा समस्या देखिएपछि यादवलाई अस्पताल लगिएको हो। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०८२ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App