१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारीलाई गृहमन्त्रीको निर्देशन- नवपुस्तालाई न्यायको अनुभूती दिलाउने गरी काम गर्नू

गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनरुप काम गर्न र उनीहरुलाई न्यायको अनुभूती दिलाउने गरी कार्य गर्न आफु मातहतका निकायलाई निर्देशन दिएका छन्।

आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरुले एक्टिभिष्ट जसरी आ-आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए।

‘अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरि जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने।

मन्त्री अर्यालले विभागीय प्रमुखहरुलाई आ-आफ्नो माताहतका कार्यालयहरुको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरुले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूती महसुश गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु।’

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेन-जी समन्वय समिति र पीडितहरुका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरुले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए।

बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरुको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेन-जी घाइतेहरुलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए।

गृह सचिव रामेश्वर दंगाले मन्त्रालयले र आफु माताहतका कर्मचारीहरुले गर्नु भएको कार्यसम्पादनमा आफु सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछी दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए।

सचिव दंगालले मातहतका प्रमुहरुलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए।

भदौ २३ गतेको घटना पछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउंदै, कर्मचारीहरुलाई त्यसै अनुरुपको भावना कायम राख्न निर्देशन दिए।

बैठकमा मन्त्रालय अन्तर्गतका रहेका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुहरुले आफ्नो क्षेत्रका प्रगति र बस्तुस्थितिबारे जानकारी गराएका थिए।

प्रकाशित: ३० कार्तिक २०८२ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App