३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गगनजी र विश्वजीको केन्द्रीय समितिलाई हार्दिक बधाई : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापालाई बधाई दिएका छन्।

उनले सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस् भन्दै बधाई दिएका हुन्। साथै उनले उपसभापति विश्वप्रकाश शर्मालाई पनि बधाई दिएका छन्। 

'गगनजी र विश्वजीको केन्द्रीय समितिलाई हार्दिक बधाई। शुभ रहोस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्। सद्भाव र प्रेम कहिल्यै नहटोस्।'

यस्तो छ भण्डारीले कवितामार्फत दिएको बधाई:

गगनजी र विश्वजीको केन्द्रीय समितिलाई हार्दिक बधाई।

शुभ रहोस्,

सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्।

सद्भाव र प्रेम कहिल्यै नहटोस्।

शब्दको प्रयोग मिठो होस्,

सुरुवात मेरो देशबाट होस्।

“म” कम्जोर बन्दै जावस् !!!

अन्ततः एक दिन सँगै हिँड्नै छ—

इतिहासले यही सिकाउँछ।

बाबु–नानीहरूलाई सम्झाउनै पर्ला—

प्रकृतिले एउटै जवानी दिँदैन,

बुढो एक दिन अवश्य हुनुपर्छ,

मृत्यु अन्तिम सत्य हो।

सबै विद्यार्थी सफल हुँदैनन्,

तर सफलताका लागि सबैलाई

हार्दिक शुभकामना।

जय नेपाल !!!

प्रकाशित: ३ माघ २०८२ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App