१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्री भन्छन्: कालापानी लिपुलेक कूटनीतिक पहलबाट प्राप्त गर्नुपर्छ

पत्रकार सम्मेलनमा मन्त्री प्रदीप पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताएका छन् । 

डोटीको दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भने, ‘कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको र यो मुद्दालाई अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ । सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ ।’  

मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाए ।  

नेपालले आफ्नो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्ने पौडेलले बताए । उनले भने, ‘हामीले हाम्रो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्छ तर युद्ध गरेर होइन, प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ । प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनुपर्यो, अन्तरराष्ट्रिय जगत्मा पनि हामीले यो विषय लिएर जान सक्नुपर्यो ।’

मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठ्ने विश्वास व्यक्त गरेका छन् ।  यो विषयमा सबै राजनीतिक दलहरू एक ढिक्का हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित: ६ भाद्र २०८२ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App