२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

हर्कको प्रश्न : मलाई नेता मान्न किन ढिलाइ ? मेरो नाक थेप्चो भएर हो ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई स्वीकार गर्न ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत मेयर राईले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आफूलाई केही व्यक्तिहरूले नेता नमानेको जिकिर गर्दै भन्छन्, 'अब मलाई स्वीकार गर्न किन ढिलाइ? के ले रोक्यो के ले छेक्यो? नाक ले? मेरो नाक थेप्चो भएर हो?'

उनले आफू भिजन भएको नेता भएको बताउँदै भिजन नभएको मान्छेलाई नेता सम्झेकै कारण देश बिग्रेको भनाइ राखेका छन्। उनले भने, 'भिजन भएको मान्छेलाई नेता सम्झंदा के हुन्छ? भिजन न मिसन हावाको मान्छेलाई नेता सम्झेर हो देश बिग्रेको!'

उनले अगाडि लेख्छन्, 'मैले देखाएको मार्गमा मात्रै देशको उन्नति छ भन्ने कुरा चुनावको समयमा सबैले श्रमदान गरेर स्वीकार गरिसक्नु भो!'

प्रकाशित: १९ श्रावण २०८२ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App