श्रम संस्कृति नेपालका अध्यक्ष हर्क साम्पाङले रौतहटमा भएको बालिकाको निधनबारे सरकारको जवाफ माग गरेका छन्।
उनले चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारी प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधनबारे सरकारले के गर्दै छ भनेर प्रश्न समेत गरे।
'त्यो रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?' हर्कले सामाजिक सञ्जालमार्फत प्रश्न गरे।
प्रकाशित: २३ माघ २०८२ १३:१३ शुक्रबार





