१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई हर्कको प्रश्न : सीमा रक्षकको रूपमा सेनालाई खटाउनु पर्दैन?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न प्रश्न गरेका छन्।

साम्पाङले लिपुलेख सीमा विवाद, सुकुम्बासी बस्ती र बजेट निर्माणका विषयमा प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै विभिन्न प्रश्न गरेका छन्।

यी प्रश्न जनताको तर्फबाट भएको भन्दै उनले यी सबै प्रश्नका उत्तर त्रकार सम्मेलन गरेर जनतालाई दिन आग्रह गरेका छन्।

यी हुन् प्रश्नहरू:

-नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश-मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो?

-दार्चुलाको दुम्लिङसम्म बाटो पुराउन नसक्ने नालायक बनेर पारि पट्टी सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन?

-अब सो बाटो सम्पन्न गरेर नाका संचालनको चरणमा पुगिसकेको यो बेला एउटा कुटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै हुन्छ? हुँदैन। सो विषयलाई सम्वादमा ल्याउन वार्ता टोली बनाएर वार्ता सुरु गर्नु पर्दैन?

-चीन, भारत, नेपाल र यूएनलाई राखेर चारै पक्ष बीच वार्ता गरेर सीमा जोगाउन तिर लाग्नु। सेनालाई सिमानामा खटाउनु। मन्त्रीको गाडीको ढोका खोल्ने काममा होइन, व्यक्तिगत पाले बनाएर राख्ने होइन सीमा रक्षकको रुपमा सेनालाई खटाउनु पर्दैन? सुकुमबासी बस्ती भत्काउन जाँदा लाने होइन त्यता। सिमानामा पठाउनु। सिमानामा सेना नभएकै कारण सिमाना मिचिएको छ।

-सुकुमबासी बस्तीमा व्यस्त डोजरहरू रौशी खोला लगायतका देशका विभिन्न स्थानहरूमा बाढीले भत्काएको बाटो खोल्न र तत्काल विपद व्यवस्थापन गर्न पठाउनु पर्दैन?

-विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्तै रोक्नु। देशको अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य संचालन गर्न सक्छ? 

-राज्यलाई संतुलनमा राखेर संचालन गर्न नसक्ने नजान्ने हो भने राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्दैन?

-गरीबको बास भत्काएर विजोग बेहाल स्थितिमा राख्नु हुँदैन नै न्या हो?

-सबैको चित्त बुझाएर समाधानको बाटोमा लाग्नु पर्छ कि नाइँ?

-बजेट बनाउने क्रममा सबैपार्टीका साम्सदहरूको क्षेत्रगत जनताका समस्या र सेवासुबिधालाई सम्बोधन गर्दै बजेट बनाउनु पर्दैन? कि राज्यको ढुकुटी तपाईँको मात्रै हो?

-लुकेर भागेर समस्या समाधान हुन्छ? पत्रकारहरूको उत्तर दिने गर्नु पर्दैन?

-जनतालाई सरकारले के गर्दैछ भन्ने जानकारी हुनु पर्छ कि पर्दैन?

प्रकाशित: २२ वैशाख २०८३ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App