२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

संसद्‌मा हर्कको आरोप: सीमा रक्षा गर्न नसक्ने सरकारले सुकुम्वासीमाथि सेना लगायो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नेपाली सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतंक सिर्जना गरेको आरोप लगाए।

उनले नेपाली सेना सीमा सुरक्षाका लागि खटिनुपर्नेमा सुकुम्वासी बस्तीमा दादागिरी देखाउन प्रयोग गरिएको भन्दै प्रश्न उठाए। “नेपाली सेनालाई सीमा रक्षा गर्न पठाइएको हो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन? सीमा जोगाउन नसक्ने तर आफ्नै गरिब जनतामाथि सेना प्रयोग गरेर आतंक फैलाउनुको कारण के हो? यसको उत्तर सरकारसँग चाहिन्छ,” उनले भने।

अध्यक्ष साम्पाङले देश अभिभावकविहीन अवस्थामा पुगेको दाबी गर्दै वर्तमान सरकारको औचित्यमाथि समेत प्रश्न उठाए। उनले सरकार पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गरे।

प्रकाशित: २८ वैशाख २०८३ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App