३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : जनताले ग्यास लुकाएको भए सिलिन्डर कहाँबाट आयो ?

राप्रपाका संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा सरकारप्रति प्रश्न उठाएका छन्।

ग्यास लुकाइएको भन्दै नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सरकारको भनाइप्रति व्यंग्य गर्दै शाहीले नागरिकले ग्यास कहाँ लुकाए भनेर प्रश्न गरेका हुन्।

शाहीले भने, 'ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र किन अनिवार्य गरेको भनेर सोध्दा सरकार भन्छ-नागरिकहरूले ग्यास लुकाए। हे सरकार, नागरिकले ग्यास कहाँ लुकाए?'

उनले नागरिकले ग्यास पानीको गाग्रो, पानीको ड्रम, पानीको ट्याङ्की वा भकारीमा लुकाएको हो कि भन्दै प्रश्न गरे। जमिनमा खाल्डो खनेर ग्यास सिलिन्डर गाडेर लुकाएको हो कि भन्दै उनले सरकारको दाबीप्रति व्यंग्यसमेत गरे।

'ग्यास लुकाउनका लागि त नागरिकसँग पहिले सिलिन्डर हुनुपर्‍यो नि! सिलिन्डरहरू त सबै लाइनमा छन्,' शाहीले भने।

प्रकाशित: ३१ श्रावण २०८३ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App