२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र शाहीको चुनौती- मदिरा पिएको प्रमाणित भए सांसद पद त्याग्न तयार छु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अश्लील भिडियो र मदिरा सेवनको भ्रामक प्रचार गरिएको भन्दै त्यसको सत्यता प्रमाणित भए सांसद पद त्याग्न तयार रहेको घोषणा गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले संसदमा रहेको स्वास्थ्य टोलीबाटै आफ्नो सम्पूर्ण शारीरिक र मेडिकल जाँच गर्न चुनौती दिए। ‘मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्, जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र शरीरमा प्रयोग भएको भेटिए म राजीनामा दिन तयार छु,’ उनले भने।

सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर आफ्नो भन्दै प्रचार गरिएको दाबी गर्दै उनले यस्ता भ्रामक तथ्य फैलाउनेहरूमाथि प्रहरीले कारबाही नगरेकोमा आपत्ति जनाए।

उक्त भिडियो आफ्नो ठहरिए राजनीतिक जीवनबाटै सन्यास लिने उद्घोष गर्दै उनले दोषीमाथि कडा कारबाहीको माग गरे।

कर्णालीका दलित तथा गरिब नागरिकले समयमा उपचार नपाएर ज्यान गुमाउनुपरेको विषयमा संसदमा आवाज उठाएका कारण आफूमाथि घेराबन्दी र चरित्र हत्याको प्रयास भएको उनको भनाइ थियो। कर्णालीका जनताको मुद्दा उठाउँदा जस्तुकै षड्यन्त्र भए पनि पछि नहट्ने शाहीले बताए।

प्रकाशित: २५ श्रावण २०८३ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App