२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रवादीहरूलाई संगठित हुन ज्ञानेन्द्र शाहीको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च मनोबलका साथ संगठित हुन आह्वान गरेका छन्।

उनले जुम्लाका सम्पूर्ण मतदाता, सहयोगी, शुभेच्छुक तथा मुलुकभित्र र विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्। मतदाताहरूको सद्भाव, माया र आशीर्वाद सधैं प्राप्त भइरहोस् भन्ने कामना समेत उनले व्यक्त गरेका छन्।

शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मुलुकभर तथा विदेशमा रहेका सबै तहका नेता–कार्यकर्ता तथा सम्पूर्ण राष्ट्रवादी र देशभक्त नेपालीहरूलाई चिन्तित वा विचलित नहुन आग्रह गरेका छन्। उनले उच्च मनोबलका साथ अझै संगठित भई अघि बढ्न सबैलाई हार्दिक अनुरोध गरेका छन्।

वक्तव्यमा उनले वर्तमान विषम परिस्थितिमा प्राविधिक रूपमा निर्वाचनमा हार व्यहोरे पनि राष्ट्रवादी विचार र संकल्प भने पराजित नभएको बताएका छन्। चुनावी परिणामलाई अस्थायी चुनौतीका रूपमा लिनुपर्ने उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

“हामी फेरि उठ्नेछौं, हामी फेरि जुट्नेछौं, नयाँ सिराबाट अझ बलियो रूपमा अघि बढ्नेछौं,” शाहीले भनेका छन्।

अन्त्यमा उनले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध भई मुलुकको हितका लागि संगठित भएर अघि बढ्न आह्वान गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App