११ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

अर्थमन्त्री वाग्लेलाई ज्ञानेन्द्र शाहीले भने : तपाईंको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्‍द्र शाहीले सेयर लगानीकर्ताले रकम गुमाएको प्रति अर्थमन्त्रीले गम्भीरताका साथ लिनुपर्ने बताएका छन्।

फागुनदेखि अहिलेसम्म करिब २.१५ खर्ब रुपैयाँ सेयर लगानीकर्ताले रकम गुमाएको जनाउँदै उनले यस्तो बताएका हुन्। शाहीले सेयर बजार ध्वस्त भएर रश्मी रिजाल आत्महत्या गर्न बाध्य भएको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई गम्भीर हुन आग्रह समेत गरे।

'फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब (करिब रु. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए,' शाहीले सामाजिक सञ्जालमा लेख्दै भने, 'सेयर बजार ध्वस्त भयो, रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्, अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस्।'

उनले अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको आरोप समेत लगाएका छन्। देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेका र कतिपय मानिसहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका उनले बताए।

'तपाईंको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको छ। देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेका छन्। कतिपय मानिसहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन्,' उनले भने।

प्रकाशित: १० श्रावण २०८३ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App