राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टी महामन्त्री धवल शमशेर राणालाई चेतावनी दिएका छन्।
उनले पार्टीभित्र गुट-उपगुटका गरेर युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार नभएको भन्दै लिङ्देन र धवल शमशेरलाई चेतावनी दिएका हुन्। साथै शाहीले पार्टीभित्र गुट-उपगुटका भेला तत्काल बन्द गर्न आग्रह समेत गरे।
राष्ट्रवादीहरू एक ढिक्का हुनुपर्ने यस्तो अवस्थामा फुटेर नभइ जुटेर अगाडि बढ्न सुझाव दिए।
'राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर्नुहोस,' शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो फुटेर होइन जुटेर अगाडि बढ्ने हो। यदि तपाईँहरू मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने तपाईंहरूको अधिकार छैन।'
प्रकाशित: १८ कार्तिक २०८२ १२:३८ मंगलबार





