२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गोरखा–१ मा मतान्तर फराकिलो बनाउँदै गुरुङ, कांग्रेसका खत्री १५ सय मतले पछि

गोरखा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता थप फराकिलो बनाएका छन्

पछिल्लो मतपरिणामअनुसार रास्वपाका गुरुङले १० हजार ३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री ८ हजार ५ सय १२ मतसहित दोस्रो स्थानमा रहेका छन्। हालसम्मको मतपरिणामलाई आधार मान्दा यी दुई उम्मेदवारबीच १ हजार ५ सय २० मतको अन्तर रहेको छ।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराज अधिकारीले ४ हजार २ सय ९ मत प्राप्त गरेका छन्। उता, नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले भने १ हजार ७ सय ९५ मत पाएका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App