२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

‘ग्रे जोन’ को रिपोर्टमा आधिकारिकता छैन : मन्त्री पोखरेल

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ बारे सरकारले प्रतिक्रिया दिइराख्न जरुरत नभएको बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पोखरेलले  ‘ग्रे जोन’को जेनजी आन्दोलनबारे रिपोर्टमा कुनै आधिकारिकता नभएको दाबी गरे।

मन्त्री पोखरेलले जम्मा ७० हजार फलोअर्स भएको ग्रे जोन म्याग्जिनको रिपोर्ट आधिकारिकता नभएको बताए।

‘ग्रे जोन नेपालको मिडियामा आएको हुँदा नेपाली नागरिकले सुन्नुभयो। तर अमेरिकामा गएर सोध्नुभयो भने त्यहाँ कसैलाई यसबारे थाहा छैन’, उनले भने, ‘यस्तो आधिकारिकता नै नभएको जुन पायो त्यही म्याग्जिनले प्रकाशन गरेको रिपोर्टबारे सरकारले प्रतिक्रिया दिइराख्नु पर्दैन।’

यस्तै, उनले अर्थमन्‍त्री डा स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तामा नेपालको झण्डा नराखिएको विषयमा सरकारको औपचारिक धारणा आउने बताएका छन्। उनले प्रोटोकल मिलेको नमिलेको सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट केही कुरा आउने बताए।

प्रकाशित: २ आश्विन २०८३ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App