सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताएका छन् ।
मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता जनाए ।
आइतबार कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यामिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले अहिलेको सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको बताए ।
यो विद्यालयमा मन्त्री खरेलले कक्षा १ देखि १० सम्म पढेका थिए । आगामी फाल्गुन २१ गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउदै उनले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गरे ।
सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको भए पनि केही क्षेत्रमा अझ राम्रो गर्नुपर्ने उनले बताए । आफूले राम्रो काम गर्न नसके पनि कुनै पनि नराम्रो काम नगर्ने प्रतिवद्धता उनले जनाए । हालको सरकारको कार्यशैलीले जेनजी आन्दोलनका योगदानको सम्मान गरेको मन्त्री खरेलले बताए ।
प्रकाशित: ७ मंसिर २०८२ २१:५५ आइतबार




-600x400.jpg)
