२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्छ : उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन् । चाडवाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार  बुटवलमा आयोजना गरेको `दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो´ विषयक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्द रहेको बताए । 

उनले चाडवाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएमा सरकारले कडा कारवाही गर्ने चेतावनी दिए । उपप्रधानमन्त्री सिंहले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिए । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्द रहेको बताए ।

कार्यक्रममा  नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागिहरूले सिमावर्ती जिल्लामा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने,  कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए । 

प्रकाशित: ११ भाद्र २०८२ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App