२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

त्रिभुवन विमानस्थलमा 'मेड इन नेपाल' उत्पादनलाई प्राथमिकता दिन सरकारसँग आग्रह

प्रतिनिधिसभा सदस्य अनुस्का श्रेष्ठले विमानस्थालमा राष्ट्रिय पहिचान झल्काउने वस्तु राख्नुपर्ने माग गरेकी छन्। 

शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। विश्वका विभिन्न विमानस्थल उक्त देशको राष्ट्रिय पहिचानको विषय बनेको भन्दै उनले यस्तो माग गरेकी हुन्।

उनले भनिन्, ‘हाम्रो त्रिभुवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपाल उत्पादनको स्पष्ट उपस्थित अझै कमजोर देखिन्छ। दैनिक हजारौं यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनको स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामु पुर्‍याउन सक्ने एक अवसर हो।’

उनले अगाडि भनिन्, ‘म सरकार तथा टिआए व्यवस्थापनलाई आग्रह गर्न चाहन्छु विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रुपमा नेपाली उत्पादनका लागि डेडिकेडेट सेक्सन व्यवस्थापन गरिओस्।’

उनले यसमा साना तथा स्वदेशी उद्योगीहरुलाई प्रथमिकता दिन पनि माग गरिन्।

प्रकाशित: १२ जेष्ठ २०८३ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App