बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनेका सुदन गुरुङको छानबिन समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरिएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्। उनले गुरुङमाथि गठन भएको समितिको प्रतिवेदन अध्ययन गरेर अगाडिको प्रक्रियामा बढ्ने बताए।
साथै, गुरुङलाई पुन: गृहमन्त्री बनाउने निर्णय सरकारले हालसम्म नगरेको उनको भनाइ छ।
यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। सरकारले उनीमाथि छानबिन गर्न एउटा समिति बनाएको थियो।
प्रकाशित: २६ जेष्ठ २०८३ १२:०७ मंगलबार





