१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

मानव तस्करकी संगठित सञ्जाल ध्वस्त हुनुपर्छ: खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुश्बु ओलीले खाडी मुलुकमा धेरै नेपालीले घरेलु कामदारको रुपमा हिंसा भोग्नु परेको भन्दै सरकारले नागरिकको उद्धारमा चासो देखाउनु पर्ने बताएकी छन्।

पटक-पटक संसद्मा उक्त विषयको उठान गरेपनि चासोको रुपमा नहेरिएको भन्दै उनले पुनः उक्त विषय उठाएको बताएकी हुन्।

नेपाली कामदारले खाडी मुलुकमा भोगेको दुःखको विषयमा सरकारले ध्यान दिनुपर्ने भन्दै मानव बेचबिखनको भयावह नेटवर्कको विरुद्ध लडिरहेका सामाजिक अभियान्ताहरुलाई मार्ने धम्की समेत आउनु दुखद् भएको बताइन्।

अभियानमा लागेका विशाल डल्लाकोटी लगायतका व्यक्तिलाई कुवेतमा ज्यान मार्ने झुटा मुद्दा, लागु औषध लगाएको मुद्दामा जेल हाल्ने धम्की दिएको पनि उनको भनाइ छ।

अभियान्ताहरुलाई ज्यान मार्ने धम्की सामान्य नभएको र नेपाली चेलीबेटीहरु विदेशमा बेच्ने मानव तस्करहरूको संगठित सञ्जालबाट भएको बताइन्।

उनले नेपालीले नेपाल भित्र र नेपाली बाहिर नेपाल बाहिर फैलिएको मानव बेचबिखनको नेटवर्क ध्वस्त पार्न सरकारले काम गर्नुपर्ने बताइन्।

प्रकाशित: ५ जेष्ठ २०८३ १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App