गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
आज सञ्चारमाध्यममा कुरा गर्दै उनले यस वर्ष विपद्का बेला औपचारिक अनुगमनभन्दा नागरिकको सुरक्षा र उद्धारलाई केन्द्रमा राख्ने र अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै काम गर्नेै बताएका हुन्।
उनका अनुसार राइड–सेयरिङ एपको अवधारणामा आधारित विशेष एप विकास गरिएको छ, जसबाट देशभर रहेका डोजर तथा निर्माण उपकरणको वास्तविक समयको स्थान पहिचान गर्न सकिनेछ।
‘कुनै क्षेत्रमा बाढी वा पहिरोका कारण सडक अवरुद्ध भए तत्काल नजिकको डोजर परिचालन गरेर बाटो खुलाउने व्यवस्था मिलाइएको छ,’ उनले भने।
प्रकाशित: ४ असार २०८३ १४:२२ बिहीबार





