सरकारले नेपालभित्रै उत्पादन हुने तथा आयात गरिने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने सम्पूर्ण मूल्य अभिवृद्धि कर (भ्याट) र पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले उक्त निर्णयबारे जानकारी दिएका हुन्।
निर्णयअनुसार अब नेपालभित्र पैठारी वा उत्पादन हुने बिजुलीबाट चल्ने एम्बुलेन्स र शव वाहनमा लाग्दै आएको स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा शतप्रतिशत छुट प्राप्त हुनेछ।
अत्यावश्यक स्वास्थ्य सेवा र शव व्यवस्थापनमा प्रयोग हुने सवारी साधनलाई वातावरणमैत्री बनाउन र प्रवर्द्धन गर्नका लागि सरकारले कर छुटको व्यवस्था गरेको हो।
प्रकाशित: २६ श्रावण २०८३ १६:५० मंगलबार



-600x400.jpg)

