१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

असोज १ गते बिदा दिने सरकारको निर्णय

नवगठित मन्त्रिपरिषदको बैठकले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाको शोकमा बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरेको हो ।  

यसअघि मन्त्रीहरूको पदभार ग्रहण गर्ने क्रममा जेन-जी समूहले गरेको प्रदर्शन र देशमा परिवर्तको माग गर्दै ज्यान गुमाएको भन्दै उनीहरूको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।  

गृहमन्त्रीले मृतकको शोकमा राष्ट्रिय शोक मनाउने तथा राष्ट्रिय झण्डा आधा झुकाउने बताएका थिए ।

प्रकाशित: ३० भाद्र २०८२ १९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App