१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारले ८ वटा अध्यादेश राष्ट्रिय सभामा पनि पेश गर्ने

सरकारले जारी भएका ८ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेश गर्ने भएको छ। अहिले जारी बैठकमा सम्बन्धित मन्त्रीले अध्यादेश पेश गर्ने कार्यसूची छ।  

संसद् बैठक आह्वान हुनुअघि सरकारले यी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए।  

संघीय संसद् सचिवालयका अनुसार, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची छ।  

यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून मन्त्री सोबिता गौतम, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षा मन्त्री सस्मित पोखरेलले पनि अध्यादेश पेस गर्नेछन्।

प्रकाशित: २८ वैशाख २०८३ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App