६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लाग्यो : उपाध्यक्ष थापा

काठमाडौं नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षड्यन्त्रमा रहेको बताएका छन्।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आशंका गरे।

‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ’ थापाले भने ‘केही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो।’

उनले निर्वाचनमा अनेक षड्यन्त्र गर्ने, दलहरुलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लिन रहेको बताए।

प्रकाशित: २१ माघ २०८२ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App