२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकार स्टन्ट र मिडियाबाजीमै अल्झियो : सचिन

नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले सरकार देशको अर्थतन्त्र सबलीकरण र नीतिगत सुधारभन्दा स्टन्ट तथा मिडियाबाजीमा केन्द्रित भएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत तिमल्सेनाले अहिले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार, लगानीको वातावरण निर्माण र विभिन्न क्षेत्रमा नीतिगत तथा संरचनात्मक सुधार हुनुपर्ने बताएका छन्। 

तर सरकारको ध्यान यस्ता महत्वपूर्ण विषयमा नभई आफ्नै चुनावी कमान्डर बिचौलिया साबित भएपछि अरूलाई जबर्जस्ती मुछ्ने, दुई दिनसम्म फोन लुकाउने र विवादमा उत्रिने गतिविधिमा केन्द्रित भएको उनको आरोप छ। 

‘झगडा गर्न कोही नभेटे आफ्नै सभापतिसँग फेसबुकमा लड्ने, स्टन्ट तथा मिडियाबाजीको पुरानै फन्डा जारी राख्ने’, उनले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै लेखेका छन्। 

तिमल्सेनाले स्टन्टबाटै देश बन्छ भन्ने सोच सरकारको हो भने त्यसमा आफूले केही भन्नु नरहेको उल्लेख गर्दै महत्वपूर्ण समय खेर गइरहेको बताएका छन्। 

‘हाम्रै विरुद्ध आएको दुई तिहाइको सही सदुपयोग होस् भन्ने हाम्रो सुरुदेखिकै कामना हो। तर सरकार सिरियस देखिँदैन’, उनले लेखेका छन्। 

प्रकाशित: २० कार्तिक २०८३ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App