धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको हो।
बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार शुक्रबार सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँ घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार ११० रुपैयाँ घटेर तीन हजार ८१० रुपैयाँमा झरेको छ।
प्रकाशित: २० कार्तिक २०८३ १०:३६ शुक्रबार





