सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीबारे जानकारी गराउन सरकालाई निर्देशन दिएका हुन्।
उनले भने, ‘देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए/गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु।’
प्रकाशित: २२ असार २०८३ १३:५४ सोमबार





