२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

बोलबम संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध छ : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको संरक्षण गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन्। 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९औं श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउने बताए। 

उनले भने, ‘बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो। बोलबम लगायतका मौलिक परम्पराको संरक्षणका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ।’ 

सोही कार्यक्रममा मन्त्री यादवले बोलबम लगायतका धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गरे। 

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाले पहिचानलाई सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गरे। उनले भने, ‘हिन्दुहरूको धार्मिक आस्थाको धरोहर भगवान पशुपतिनाथ हो। जो नेपालमा छ। बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउँछन्। उनीहरूले हिन्दु धर्मको रक्षा गर्नेछन्।’ 

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रूपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्न पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने आश्वासन उनले दिए। 

गोकर्णेश्वर नगरपालिकामा बोलबम काँवरीया संघलाई पूजाआजाका लागि आवश्यक जग्गा उपलब्ध गराउन नगरप्रमुखलाई मन्त्री यादवले आग्रह गरे। 

मन्त्री यादवले नेपालभरिका शिवालयहरूमा श्रावण महिनाको पावन अवसरमा काँवरिया भक्तजनद्वारा गरिने विशेष पूजापाठ र साधनाले मौलिक संस्कारको समृद्धि र निरन्तरतामा अतुलनीय योगदान दिँदै आएको बताए।

प्रकाशित: १९ श्रावण २०८२ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App