२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारले थाल्यो दुर्गा प्रसाईंको टोलीसँग औपचारिक वार्ता

नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।

महाअभियानले उठाएका मागहरू सम्बोधन गर्ने उद्देश्यसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय संवाद सुरु भएको हो।

सरकारको वार्ता आह्वानबमोजिम महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेपछि औपचारिक वार्ताको ढोका खुलेको हो।

यसअघि सरकारका तर्फबाट सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो।

सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

दुई पक्षबीच महाअभियानका माग र समसामयिक विषयमा छलफल भइरहेको छ।

प्रकाशित: २ भाद्र २०८३ १९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App