२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा गोपाल शर्मा विजयी, जनार्दन तेस्रो

कर्णाली प्रदेशको रुकुम पश्चिम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्। ४८ वर्षीय शर्मा २१ हजार ६०९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झन्डै ५ हजारको मतान्तरले पछि पारेका छन्।

उनका मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेसका ४४ वर्षीय राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे। निर्वाचनको सबैभन्दा ठुलो धक्का पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका ६२ वर्षीय नेता जनार्दन शर्मालाई लागेको छ। दशकौँदेखि यस क्षेत्रमा पकड जमाउँदै आएका शर्मा १४ हजार ३४६ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्।
 

प्रकाशित: २४ फाल्गुन २०८२ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App