१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

हारेपछि गोकुलको प्रतिक्रिया: खाल हारियो, च्याँखे जितियो

नेकपा एमालेको सचिव पदमा हार बेहोरेका गोकुल बास्कोटाले अब लाए अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै गोकुलले यस्तो बताएका हुन्। 

‘भनेकै थिएँ–जिते चलाउने, हारे सघाउने,’ गोकुलले लेखेका छन्, ‘खाल हारियो,च्याँखे जितियो।’ अब पार्टीले अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। ‘अब लाए अह्राएको गर्ने,नलाए सुन्ने, हेर्ने र ताली बजाउने’, उनले अगाडी लेखेका छन्। 

तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने बताउँदै उनले ‘केही छ अब थप?’ भनेर प्रश्न गरेका छन्। 

प्रकाशित: ४ पुस २०८२ २०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App