१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारलाई गोकुलको प्रश्न : अरूलाई प्रश्नमाथि प्रश्न गर्नेले आफूले त्यही काम किन गरेको ?

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश ल्याउने तयारीका विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।

दुईतिहाई नजिकको सरकारले बोलाई सकेको संसद् रोकेर अध्यादेश किन ल्याउन परो भन्दै प्रश्न गरेका छन्। साथै अरूलाई प्रश्नमाथि प्रश्न गर्नेले आफूले त्यही काम किन गरेको भनेर आफू अचम्ममा परेको भनाइ राखे।

'बोलाई सकेको संसद रोकेर अध्यादेश किन ल्याउन परो, दुईतिहाई नजिकको सरकारले?' बास्कोटाले सामाजिक सञ्जालमा लेखे, 'आखिर पास भैहाल्छ, छिटो गर्न परे छोटो बाटो पनि छ? अरूलाई प्रश्नमाथि प्रश्न गर्नेले आफूले त्यही काम किन गरेको? अचम्म!'

प्रकाशित: १५ वैशाख २०८३ १८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App