२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकारलाई गोकुल बास्कोटाको कटाक्ष 'सुकुम्बासीको छोरो बाहेक सबैको घरमा डोजर चलाउ'

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सरकारको हालका कदमप्रति कटाक्ष गरेका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत उनले अव्यवस्थित बस्ती, सुकुम्वासी समस्या र अध्यादेश सम्बन्धी सरकारी कार्यशैलीप्रति व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्, 'सुकुम्बासीको छोरो बाहेक सबको घरमा डोजर चलाउ सरकार-जनता तिम्रो साथ छ। अव्यवस्थित बस्तीमा आगो लगाउ सरकार-जयगान गाउन जनता तयार छ। अध्यादेशको थुप्रो लाउ-विपक्षीको सातो उडाउ।'  

उक्त अभिव्यक्तिको अन्त्यमा उनले 'मेरो माग है हजुर, अरु केही मागिएन' भनी टिप्पणी गर्दै सरकारको नीतिप्रति असन्तुष्टि प्रकट गरेका छन्। 

प्रकाशित: २० वैशाख २०८३ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App