नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक एकता कानुनले नभइ नियतमा निर्भर रहने बताएका छन्।
राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान नआउने जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक भए पनि राजनीतिक दल आफ्नो झगडा लिएर अदालत गएर पनि समाधान नआउने भनाइ राखे।
नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम शिशा झै चकनाचुर भएको बताउँदै उनले नेपाली कांग्रेस रबर कि शिशा भनेर प्रश्न समेत गरे।
'अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो। राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन,' उनले सामाजिक सञ्जालमा भने, 'नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम शिशा झै चकनाचुर भए। राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ।कांग्रेस के होला?रबर वा शिशा?'
प्रकाशित: ५ वैशाख २०८३ ०७:५७ शनिबार





