राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
पार्टीले मधेश प्रदेश अन्तर्गतका उम्मेदवारको नाम सार्वजनिक गरेको हो। प्रवक्ता मनिष झाले जारी गरेको सूचीमा जेनजी अभियान्ता पुरुषोत्तम यादव पनि परेका छन्। यसबारे जानकारी गराउँदै उनले तस्बिर साझा गर्दै लेखेका छन्, ‘नेता जीलाई रास्वपामा स्वागत छ।’
उनलाई रास्वपाले सिराहबाट उम्मेदवार बनाएको जानकारी झाले सामाजिक सञ्जालमार्फत दिएका हुन्। रास्वपा सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै गर्दा अभियान्ता यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट गरेको तस्बिर पनि आज बाहिर आएको छ।
प्रकाशित: ४ पुस २०८२ ११:०७ शुक्रबार





