११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलाई महामन्त्री राणाको प्रश्न : घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ?

नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमा राणाले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो माग गरेका हुन्। उनले लेखेका छन्, 'घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।'

प्रभावित परिवारसँग संवाद गरेर सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्ने राणाको भनाइ छ। पुनर्वास नभएसम्म ती परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनले बताएका छन्।

'सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ। प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्छ,' उनले भने, 'पुनर्वास नभएसम्म उनीहरूले हाल आश्रय लिइरहेको ठाउँमा ढुक्कसँग बस्न पाउनुपर्छ।'

प्रकाशित: ११ मंसिर २०८३ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App