२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

जेन-जी प्रदर्शन: भरतपुर महानगरपालिका तोडफोडको प्रयास, झडपमा ६ जना घाइते

चितवनको भरतपुर केहिबेर तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन-जीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।  

महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए । झडपका क्रममा छ  जना घाइते भएको उनले बताए । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको उनले बताए । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनमा केही घाइते भएका छन । प्रदर्शनकारीले महानगरपालिका कार्यालयभित्र तोडफोड गर्न खोजेपछि दुई पक्षका बीचमा झडप समेत भएको थियो । अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।

बिहानसम्म शान्त रहेको भरतपुरमा केही प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा प्रर्दशन गरेर फर्किएका थिए । दिउँसो साढे १ बजेपछि प्रर्दशनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रर्दशन थालेका हुन् । अहिले पानी परेपछि प्रदर्शनकारी तितरबितर भएका छन्।  

प्रकाशित: २३ भाद्र २०८२ १६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App