२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन–जी मुभमेन्टले भन्यो : कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्नुपर्छ

जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको छ।

कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै जेन–जी मुभमेन्टले यस्तो माग गरेको हो।

मुभमेन्टका प्रवक्ता विजय साहद्वारा आज जारी विज्ञप्तिमा लेखिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ।’

जेन–जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरे।

प्रकाशित: २५ कार्तिक २०८२ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App