३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जेन–जी आन्दोलन प्रभाव: सिके राउतलाई पार्टी नेतृत्व छाड्न २४ घण्टे ‘अल्टिमेटम’

जेन–जी आन्दोलनको प्रभाव नयाँ भनिएको जनमत पार्टीमा पनि देखिएको छ। आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीका वरिष्ठ पदाधिकारीसहितका नेताले अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम नै दिएका छन्। 

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक पत्रमार्फत नेतृत्व छाड्न अध्यक्ष राउतलाई अल्टिमेटम दिएका छन्।  उनीहरूको पत्रमा पार्टीलाई सशक्त, लोकतान्त्रिक, जबाफदेही र जनउत्तरदायी बनाउने उद्देश्यसहित नेतृत्वले मार्ग प्रशस्त गर्न राउतलाई सुझाइएको छ। 

‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्म समीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ’, पत्रमा भनिएको छ। 

यस्तो छ पत्र

 

प्रकाशित: १ आश्विन २०८२ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App