२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी प्रदर्शन: भरतपुरमा साँझैसम्म प्रदर्शन

युवाहरुले भरतपुरमा साँझसम्म नै प्रदर्शनलाई निरन्तरता दिएका छन् । दिउँसोबाट सुरु भएको प्रदर्शन साँझसम्म पनि जारी रहेको हो ।  

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन-जीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।  

प्रदर्शन जारी रहेपछि प्रहरीले अश्रु ग्यास साँझसम्म पनि प्रहार गरेको थियो । झडपका क्रममा छ जना घाइते भएको पुरीले बताए ।  

प्रदर्शनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए ।

प्रकाशित: २३ भाद्र २०८२ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App