जेन–जी अभियन्ता रक्षा बमले आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको विध्वंशमा घुसपैठ भएको दाबी गरेकी छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै अभियन्ता बमले जेन–जी पुस्ता शान्तिपूर्ण प्रदर्शन गर्न मात्रै सडकमा आएको बताएकी हुन्।
यस्तै आगजनी, तोडफोड जस्ता विध्वंश पनि जेन–जी आन्दोलनको स्पिरिट नभएको अभियन्ता बमले बताइन्। ‘जेन–जीको स्पिरिट त्यो थिएन,’ बमले भनिन्,‘हाम्रा संरचना जलाउनु, भत्काउनु। भविष्यमा हामीलाई काम लाग्ने चिज हामी किन भत्काउँछौं।’
यस्तै विभिन्न नेतामाथि आक्रमण र उनका सम्पत्तिमाथिको आगजनी पनि जेन–जी पुस्ताको स्पिरिट नभएको उनले बताइन्। ‘जुन निजी सम्पत्ति छन्हरू पनि जलाइयो, विभिन्न नेताहरूको घर जलाइयो, नेताहरूलाई हानी पु¥याइएको छ,’ बमले भनिन्।
‘यी विषयमा हाम्रो पुस्तालाई अघिल्लो पुस्ताले के मजाक उडाउथ्यो भने अहिलेको अर्थमन्त्री को छ ? भन्दाखेरी जबाफ दिननसक्ने पुस्ता हो। अहिलेको प्रधानमन्त्री को हो? भन्दाखेरी अलमलिने, जबाफ नदिने पुस्ता हो,’ उनले भनिन्, ‘जुन पुस्तालाई अहिलेको प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षा मन्त्री को हो? भनेर समेत थाहा छैन, यी यी नेताको घर कसरी पत्ता लगाउँछन्? गल्लीगल्ली कसरी पत्ता लगाउँछन्?’
प्रकाशित: ८ आश्विन २०८२ १९:५० बुधबार





