गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बिहीबार बसेको छ। ललितपुरको कुपण्डोलस्थित एक ब्याक्वेटमा बसेको बैठकले आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
निर्वाचनका लागि सभापति थापाको नेतृत्वमा पार्टीको घोषणा पत्र निर्माण समिति गठन गरेको नवनियुक्त प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘सभापति गगन थापा जो लामो समयदेखि यही काममा लागिरहनुभएको थियो। उहाँकै संयोजकत्वमा घोषणा पत्र निर्माण समिति बनेको छ,’ प्रवक्ता चालिसेले भने,‘जेन–जी आन्दोलनपछि कति वर्षमा कस्तो देश बनाउने भनेर ठोस योजनासहितको घोषणा पत्र बन्छ।’
यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन भएको पनि उनले बताए।
प्रकाशित: १ माघ २०८२ १३:५५ बिहीबार





