२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

गगन थापाले सभापति पद लुटेर लगे: कान्छाराम

नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर देउवाको टिम एकजुट रहेको बताए ।

देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस नफुट्ने र पार्टीभित्रको एकता कायम रहने बताएका हुन् ।  

उनले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको विचार र विरासत आफूहरूसँगै रहेको दाबी गरे । उनले पार्टीको वास्तविक शक्ति कांग्रेस नै भएको बताए ।

उनले विधानअनुसार विशेष महाधिवेशनका लागि केन्द्रीय समितिले निर्णय गरी पारित गर्नुपर्ने भए पनि त्यसो नभएको दाबी गरे ।

गगन थापाले कांग्रेस सभापतिको पद ‘लुटेर लगेको’ आरोप लगाउँदै तामाङले त्यसलाई विधानसम्मत प्रक्रिया नभएको संकेत गरे ।

प्रकाशित: २८ श्रावण २०८३ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App